प्रतिनिधिसभा बैठकमा विद्युत् विधेयक पेश

काठमाडौँ- प्रतिनिधिसभाको बिहिबारको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गर्नुभएको हो ।

त्यसबखत उहाँले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताउनुभयो ।

बिहिबारको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहनुभएका उहाँ विसं २०५६ सालमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पूर्वसामान्य प्रशासन मन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक आज विहान ११ बजे बस्नेछ ।

https://ujyaalonepalnews.com/archives/32003

Previous articleचेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजायको व्यवस्था
Next articleएमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।