पाथीभरामा तीन करोड १९ लाख भन्दा भेटी संकलन

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी तीन करोड भन्दा बढी भेटी संकलन भएको छ । गत आर्थिक वर्ष ०७९-०८० तीन करोड १९ लाख १६ हजार ८०० रुपैयाँ भेटी संकलन भएको थियो ।

समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा भेटी तथा दानबाट गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढि भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

समितिको कोषमा सात करोड ८८ लाख दश हजार २०५ रुपैयाँ जम्मा रहेको जनाइएको छ । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी राख्ने, फोहोर व्यवस्थापन गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेहरूलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिको भनाई छ ।

समितिले संकलित रकमबाट चालु आर्थिक वर्षमा माथिल्लो फेदीदेखि मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि तीन करोड लाग्ने अनुमान गरिएको पाथीभरा क्षेत्र विकास समितिले जाएको छ ।

https://ujyaalonepalnews.com/archives/32007

Previous articleबझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प
Next article१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।