अफगानिस्थान भूकम्प अपडेड: दुई हजारभन्दा बढीको मृत्यु

अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।

भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ ।

अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५,४.७ र ६.२ म्याग्निच्युडका तीनवटा ठूला पराकम्पन गएका थिए ।।

https://ujyaalonepalnews.com/archives/32113

Previous articleइजराइलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीद्वारा संसदलाई जानकारी
Next articleसर्पपालन कार्यक्रममा भ्रष्टाचारको भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।