भारतले नेपाललाई दियो २०० वटा गाडी, क-कस्ले प्रयोग गर्छन् यी गाडीहरु ?

काठमाडौं – भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

https://ujyaalonepalnews.com/archives/24832

Previous articleपश्चिम चितवनमा जनसमर्थन बटुल्दै डा.भाेजराज
Next articleस्थिरताका लागि बहुमत दिनुस् : शशाङ्क कोइराला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।