यसपालि दशैँमा पानी पर्छ कि पर्दैन ? यस्ताे छ माैसमविद्काे अनुमान

काठमाण्डाै – यस वर्ष दशैँको मुख्य दिनहरूमा मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । भोलि मङ्गलवारदेखि देशका मध्य र पूर्वी भेगमा पानी पर्ने र एक/दुई दिन रोकिएर अर्को हप्ताको सोमवारदेखि बुधवारसम्म पुनः वर्षाको सम्भावना रहेको र त्यसपछि मौसम सफा हुने मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापकसमेत रहनुभएका मौसमविद् पोखरेलका अनुसार अर्को बुधवार अर्थात् कात्तिक १ गतेदेखि मौसममा सुधार हुने देखिएकोले दशैँका मुख्य दिनहरूमा पानी नपर्ने अनुमान गरिएको हो ।

यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । देशको पश्चिमी भागबाट बाहिरिएको मनसुन औसतमा एक हप्तासम्म देशको सम्पूर्ण भू–भागबाट बाहिरिने प्रवृत्ति रहेकोले दशैँ शुरु हुनुअघि नै यो वर्षको मनसुनले पूर्णरूपमा बिदा लिइसक्ने जल तथा मौसम विज्ञान विभागकी मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

यस वर्षको दशैँ असाेज २८ गतेदेखि शुरु हुँदैछ । घटनास्थापना २८ गते र विजयादशमीकाे टीका कात्तिक ७ गते परेकाे छ ।

https://ujyaalonepalnews.com/archives/32154

Previous articleइजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत
Next article‘कालोमोसो दस्ता’का लिडर मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई कसले दल्यो कालोमोसो?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।