Home Uncategorized नेपालले टी-२० विश्वकप छनोटअघि टी-२० सिरिज खेल्ने

नेपालले टी-२० विश्वकप छनोटअघि टी-२० सिरिज खेल्ने

६ माघ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी टी-२०विश्वकप क्वालिफायरअघि ओमानमा चार देश सहभागी टि २० सिरिज खेल्ने भएको छ । नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानसँग टी-२०खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।

नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटअघि तयारी स्वरुप अभ्यास म्याच खेल्न लागेको हो । ग्लोबल क्वालिफायरमा नेपाल समूह ए का रहेको छ र यस समूहका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

यस समूहमा आयोजक ओमानसहित, नेपाल, युएई, आयरल्याण्ड, फिलिपिन्स, क्यानाडा, बहराईन र जर्मनी छन् ।

https://ujyaalonepalnews.com/archives/17285

Previous articleदेउवा सरकारको उपहार: इन्धनको मूल्य फेरी बढ्यो, पेट्रोलको भाउ प्रतिलिटर १३९ रुपैयाँ
Next article३० मिनेट सम्म जहाज आकाशमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।