उदयपुर वनमा असोज २५ गते रक्तदान कार्यक्रम हुने

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकामा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समुहले यही असोज २५ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

वन संरक्षण र उपभोक्ताको जीविकोपार्जनको काम गर्दै आएको सो सामुदायिक वनले सामाजिक उत्तरदायित्व वहन गर्दै पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो । वनका अध्यक्ष शंकर लामाले चितवनमा देखिएको रगतको अभावलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

सामुदायिक वनका उपभोक्ताको रगतले विरामीको जीवन जोगाउन खोजिएको भन्दै उनले उपभोक्तासहित सम्पूर्णलाई रक्तदान गरेर पुण्य कार्यमा सरिक हुन आग्रह गरे ।

 

https://ujyaalonepalnews.com/archives/32172

Previous articleकालिकामा क्रिष्टल तथा पोतेका गर- गहना बनाउने तालिम शुरु
Next articleफुटबलर किरण चेम्जोङ बाबु बन्दै, कञ्चनले सार्वजनिक गरिन् बेबी बम्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।