श्रीमतीले ब्वाईफ्रेण्ड संग मिलेर ह’त्या गर्नु अघि यस्तो मा’र्मिक स्टाटस लेखेका थिए देवी प्रसाद दुलालले

श्रीमतीले ब्वाईफ्रेण्ड संग मिलेर ह’त्या गर्नु अघि यस्तो मा’र्मिक स्टाटस लेखेका थिए देवी प्रसाद दुलालले

विराटनगर : ह’त्या गरिएका विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालले वैशाख २३ गते मंगलबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस पोस्ट गरेका थिए। उनको ह’त्या भएपछि उक्त स्टाटसले सबैलाई झ’स्काएको छ। स्टाटसमा लेखिएको थियो,

‘कोरोनासित ल’ड्ने हो ड’राउने हैन, श्रीमतीसित ड’राउने हो ल’ड्ने हैन’ किनभने अहिलेसम्म दुईवटैको औषधि आएको छैन।

यस्तो स्टाटस लेखेको ११ दिन वित्न नपाउँदै आफ्नै श्रीमतीको हातबाट उनको ह’त्या भयो। उनलाई नजिकबाट चिन्नेहरु मृ’त्यु स्टाटससँग मेल खान पुगेको त’र्क गर्छन्। ‘श्रीमतीसित ड’राउने हो’ भनेर स्टाटसमा उल्लेख गरेको ११ दिन वित्न नपाउँदै श्रीमतीकै योजनामा दुलालको ह’त्या भएको घ’टनालाई अस्व’भाविक रुपमा लिइएको उनका निकटस्थ राजु विष्टको भनाइ छ। उनले भने, ‘आखिर मृ’त्यु पनि श्रीमतीकै हातबाट भयो। स्टाटससँग नै मेल खाने हिसाबको अ’स्वभाविक र अ’पत्यारिलो घटना हुनपुग्यो।’

ह’त्यापछि अ’नुसन्धानका क्रममा फेला पारिएको स्टाटसले सबैलाई अचम्मित बनाएको प्रहरीका एक अनुसन्धान अधिकृतको भनाइ छ। ‘श्रीमतीसँग जोडेर दुलालले पोस्ट गरेको स्टाटसले धेरै ठूलो अर्थ राख्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘आखिर निदाएका बेला थाहै नपाइकन श्रीमतीकै योजनामा ह’त्या भएपछि घटनाले स्टाटसको म’र्मलाई पनि पुष्टि गर्‍यो।’ विश्वभर महा’मा’रीको रुप लिएको कोरोनाभन्दा पनि श्रीमती ख’तरा हुन्छन् भन्ने उनको त’र्कले उनका लागि मेल खाएको अ’नुसन्धान अधिकृतको भनाइ छ।

स्टाटसको भावले श्रीमतीले धेरै त’नाव दिने गरेको हुनसक्ने प्रहरीको बुझाइ छ। ‘धेरै त’नाव दिने गरेकाले विगतदेखि नै उनी श्रीमतीबाट धेरै प्र’ताडित थिए भन्ने कुरा स्टाटसले प्रष्ट पार्छ। श्रीमतीसँग त्र’सित र आ’तंकित थिए भन्ने खुल्छ,’ प्रहरीका एक अधिकारीले भने।

शनिबार राति दुलालको ह’त्या भएको थियो ।उनको ह’त्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहाको लाहान नगरपालिका–१० घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी–१२ का २० वर्षीय सोनु साहको संलग्नता खुलेको छ।

घटनाको वास्तविकता पत्ता लगाउँदै घटना भएको दुईदिन वित्न नपाउँदप्रहरीले तीनै जनालाई प’क्राउ गरेर सोमबार भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरेको छ। प्रहरीले कि’रिया समेत बस्न नदिइ श्रीमानको ह’त्यामा संलग्न मीनालाई प’क्राउ गरेर सेतै कपडामा सार्वजनिक गर्‍यो।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अनुसन्धानका क्रममा फि’ङ्गर प्रिन्टहरु नआओस भनेर हातमा पञ्जा लगाउँदै सुतेको समयमा तीनै जनाले प्लाष्टिकको डोरीले घाँ’टी क’सेर ह’त्या गरेको खुलेको जानकारी दिए। उनका अनुसार घाँटी क’स्ने क्रममा डोरी छिने पनि ह’त्यामा संलग्नहरुले भने नछाडेको पाइएको छ।

घरपरिवारसँग बि’द्रोह गरेर पाँचथर माइती भएकी मीन श्रेष्ठसँग प्रेम बिबाह गरेका सुनसरी ईटहरी उपमहानगर १२ खनार स्थायी घर भएका देवी दुलालले मधुमारामा सिँगै घर भाडामा लिएका थिए । त्यही उनले औषधीको देवीपाथीभरा फार्मेसी नामको थोक पसल सञ्चालन गर्दै आएका थिए । आफन्तहरुका अनुसार दुलाल आफनी पत्नीलाई औधी माया गर्थे । सबैका अगाडी गुण र स्वभावको बखान गर्थे ।

तर अन्तत ८ बर्षको छोरो भैसकेपछि पनि उनी आफनै श्रीमतीबाट मा’रिए । उनको समाजमा धनी र नामी बनेर श्रीमती र छोराछोरीलाई सुख दिने सपना ख’रानी भयो । अनि उनकी श्रीमती क्षणिक सन्तुष्टिको आ’वेगले गर्दा जिवभरि कं’लकित अप’राधिन बन्न पुगिन ।

उता केही महिना अघि मात्र समाजिक बिवाह गरेका प्रेमी ब्रम्हदेवले आफनै निर्दोष पत्नीलाई पनि एकल बनाए । र , साथीको बिहेको पार्टी खान लोभिएका साथी सोुन साह पनि क’र्तव्य ज्या’न मु’द्दाका क’सुरदार भए । मोरङ प्रहरीले उनीहरु सबैलाई ज’धन्य अ’पराध अन्र्तगत क’र्तव्य ज्या’न अप’राधमा जिल्ला अदालतमा मु’द्दा दर्ता गराएको थियो । अदालतले अप’राध ठहर गरेमा तीनै जनाको जीवनभरि बाँचुन्जेल सम्म समाजसँग सम्पर्क बि’च्छेद हुनेछ ।

ह’त्यामा संलग्न ब्रह्मदेवलाई आइतबार साँझ विराटनगरको बरगाछीबाट प्रहरीले प’क्राउ गरेको थियो। सोनुलाई सोमबार साँझ सुनसरीको खनारबाट प’क्राउ गरिएको एसपी अधिकारीले बताए। घ’टनास्थलबाट बरा’मद भएका मोबाइल लगायतका अन्य सामानलाई प्रहरीले परीक्षणका लागि फ’रेन्सिक ल्याबमा पठाउने तयारी गरेको छ। परीक्षण रिपोर्ट आएपछि घटनाका बारेमा थप कुरा सार्वजनिक हुने एसपी अधिकारीले बताए।

ह’त्यामा संलग्न तीनै जनाविरुद्ध कर्तव्य ज्यान मु’द्धा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । किशोर बुढाथोकी/ अन्नपूर्ण पोष्ट 

राष्ट्रिय सभाबाट विनियोजन विधेयक, २०७९ बहुमतले पारित

Previous articleप्रधानमन्त्री ओलीलाई उभिएर बोल्न गाह्रो भयो (लाईभ)
Next articleचितवनमा फेरी भयो यस्तो सोच्नै नसकिने डरलाग्दो घटना (हेर्नुहोस भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।