अलपत्र परेका नेपालीलाई लिन परराष्ट्रमन्त्री इजरायल जानुहुँदै, विमान भाडा सरकारले बेहोर्ने

काठमाडौं- हमासको आक्रमणबाट इजरायलमा अलपत्र परेका र नेपाल फर्कन चाहने नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जानु हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आज राति ११ बजे नेपाल एयरको विमान लिएर परराष्ट्रमन्त्री साउद नेतृत्वको टोलीलाई इजरायल पठाउने निर्णय गरेको हो ।

यस्तै इजारायलमा रहेका नेपालीहरु अन्य विमानबाट नेपाल फर्कन चाहेमा पनि विमान भाडा सरकारले बेहोर्ने निर्णय गरेको बैठकपछि कानुन न्याय तथा संसदीय मन्त्री धनराज गुरुङ्गले जानकारी दिनुभयो ।
अहिलेसम्म करीव ४ सय जनाले नेपाल फर्कनका लागि अनलाइन विवरण भरिसकेका छन् ।

https://ujyaalonepalnews.com/archives/32229

Previous articleअग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड
Next articleसुन तस्करी प्रकरण : चार जनाविरुद्ध मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।