राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले ६४औँ वार्षिक प्रतिवेदन, भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले सातौँ वार्षिक प्रतिवेदन र वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/32255

Previous articleबनेपाबाट सात केजी अवैध चाँदी बरामद
Next articleभारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।