रत्ननगर । रत्ननगर वडा नं १ सौराहाचोकमा रहेको साहारा सुपर मार्केटमा कुपन उपहार योजना सुरु भएको छ । साहारा सुपर मार्केट व्यवसायी समितिले वडादसैं, शुभदीपावली र छठ बर्षको अबसर पारेर ग्राहक लक्षित कुपन उपहार योजना सुरु गरेको हो ।
हरेक सामानको खरिदमा ग्राहकले प्राप्त गरेको कुपनबाट लक्की ड्रको आधारमा आर्कषण सामाग्री प्रदान गर्ने गरी कुपन उपहार योजना सुरु गरिएको समितिकी संयोजक सन्ध्या मानन्धरले जानकारी दिइन् । सो सुपर मार्केटका व्यवसायीहरुले वडा दसैंको अबसरमा भारी छुटका साथ सामान विक्री गरिरहेको छन् ।
चिठ्ठा उपहार योजना अन्तर्गत ग्यास गिजर, इण्डक्सन चुलो, वाटर हिटर, मिक्सचर, आइक्रोओभन, हेर्डफोन, थर्मश, आइरन, हेयरड्राइ, इलेक्ट्रिकल जग प्रदान गरिने छ । सुपर मार्केटमा रहेका पसलहरुबाट सामान खरिद गर्दा ग्राहकलाई कुपन प्रदान गर्ने र सोही कुपनलाई लक्की ड्र गरिने समितिकी सहसंयोजक मन्जु सापकोटाले जानकारी दिइन् ।
सो सुपर मार्केटमा कपडा,फेन्सी,जुत्ता, इलेक्ट्रोनिक्स, बेविसप, व्यूटिपार्लर, बुटिक पसल, शैक्षिक परामर्श संस्था, रेष्टुरेन्ट गरी ४१ वटा पसलहरु रहेको साहारा सुपर मार्केटकी सञ्चालिका विरञ्जना सापकोटा घिमिरेले जानकारी दिइन् । व्यवासाय विकास र ग्राहकलाई उपचार योजना प्रदान गर्ने व्यवसायीहरु बीचहरु बीच निर्णय भएपछि उपहार योजना सुरु गरिएको घिमिरेले बताइन् ।
उपहार योजना छठ पर्वको दिन सार्वजनिक गरिने छ । तीन बर्ष अघि सञ्चालनमा आएको साहारा सुपर मार्केटमा एउटै छातामुनी सम्पूर्ण सामाग्रीहरु उपलब्ध रहेको सञ्चालिका घिमिरेले जानकारी दिइन् ।
‘सुपर मार्केटमा पसेपछि सामान पाइएन भनेर कोही फर्किनु पर्दैन’ उनले भनिन् ‘यहाँ रहेका व्यवसायीहरुले गुणस्तरीय सामान सुलभ मुल्यमा विक्री गरिरहनु भएको छ’ ।
https://ujyaalonepalnews.com/archives/32288


