प्रज्वल महिला विकास सहकारी पदमपुरको २२औं साधारण सभा

रत्ननगर, असोज २६ । कालिका वडा नंं ५ मा रहेको प्रज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. को २२औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष शीला आचार्यले वार्षिक कार्ययोजना, संस्थाकी कोषाध्यक्ष भगवती सिंखडाले आर्थिक प्रतिवेदन र लेखा समितिकी संयोजक लक्ष्मी कंडेलले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सो अबसरमा संस्थाका जेष्ठ नागरिक, असल ऋणी शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष शीला आचार्यले संस्थाले गर्ने आर्थिक कारोवारलाई शेयर सदस्यको आयआर्जनमा जोडिएको बताइन् । उत्पादनशिल क्षेत्रमा लगानी गरिएको भन्दै अध्यक्ष आचार्यले आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको हितमा लगानी बढाइएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले सहकारीले दिदी बहिनीहरुलाई घरबाट बाहिर निस्केर बोल्न सक्ने बानिको विकास गरेको बताए । उनले महिलाहरुलाई विभिन्न आय आर्जनमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, यति बहुउद्धेश्यीय बचत तथा ऋया सहकारीका अध्यक्ष भोजराज सेढाई, भिमकाली बचत तथा ऋण सकहारीका अध्यक्ष लक्ष्मी धिताल, साना किसान कृषि सहकारीकी उपाध्यक्ष विष्णुमाया अधिकारी, कमला देवी नारी चेतना बचत तथा ऋण सहकारीकी अध्यक्ष सुशिला बास्तोला, पदमपुर बचत तथा ऋया सहकारी संस्थाकी उपाध्यक्ष भागिरथी रिजाल, सञ्चालक समितिकी सदस्य कोपिला खनाल लगाएतले मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिता दाहालले स्वागत मन्तव्य तथा सचिव मिना वास्तोलाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

https://ujyaalonepalnews.com/archives/32331

Previous articleमनै लोभ्याउने रमणीय दृश्यहरुको सँगालो ‘मनाङ’
Next articleहात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।