Home Uncategorized हात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री

हात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री

चितवन, असोज २६–  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि पौडेल (किरण)ले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले विद्यार्थीहरुलाई खेल्नका लागि फुटबल, भलिबल, क्रिकेट ब्याटबल, चेस, स्किपिङ, ब्याडमिन्टनलगायतका खेलकुद सामग्री सहयोग गरेको हो ।

एक्सपर्ट चितवनले संस्थाको २०औं वार्षिकोत्सव समारोहको अवसरमा उक्त विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले विद्यायलाई अतिआवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्न पाउँदा खुशी प्रकट गर्नुभयो । उहाँले विभिन्न अभावमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्रीहरु आगामि दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

सो क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो । उहाँले शैक्षिक नतिजासंगै खेलकुद क्षेत्रमा यस विद्यायलले राम्रो नतिजा ल्याउने गरेको भन्दै अझै धेरै कुरामा सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कम स्रोत र साधनको आधारमा विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा दिलाउन प्रयासरत रहेको समेत बताउनुभयो ।
एक्सपर्ट चितवनले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगष्ट ८ मा स्थापना भएको हो ।

एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ ।

एक्सपर्टले परामर्शसंगै आइइएलटिएस कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32333

Previous articleप्रज्वल महिला विकास सहकारी पदमपुरको २२औं साधारण सभा
Next articleकालिका ३ का १२५ विपन्न घरधुरीको नि:शुल्क स्वास्थ्य बिमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।