घटस्थापना : साइत र विधि जान्नुहोस्

काठमान्डाैं । यस वर्षको दिव्य पुरुषोत्तममास आजवाट बिधिवत समापन हुँदै छ। मलमासको अन्तिम दिन पुरुषोत्तम अर्थात् भगवान् नारायणको विशेष आराधना गर्ने परम्परा रहेको छ। पौराणिक कथन अनुसार स्वामी विहिन अधिकमास दुःखी भएर भगवान् विष्णुको सरणमा पुग्यो र आफ्नाे दुःख बिसायो ।

भक्तवत्सल दयासागर श्रीविष्णुले उसलाई सान्त्वना दिँदै भन्नुभयो “अबदेखि म तिम्रो स्वामी भएँ र मेरा सबै दिव्य गुण तिमीमा प्रविष्ट हुनेछन् ।

यस ब्रह्माण्डमा पुरुषेत्तमका नामले जसरि म प्रसिद्ध छु त्यसैगरी आजदेखि तिमी पनि पुरुषोत्तम नामले प्रसिद्ध हुनेछौ। आजदेखि तिमी मलमास , अधिकमास नभएर पुरुषोत्तम मासका नामले प्रख्यात हुनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक मेरो आराधना गर्छ त्यसको जन्मजन्मान्तरका पाप भुटिएर जान्छन् ।” यसरी परमात्मा पुरूषोत्तमले अधिक वा मलमासलाई पुरुषोत्तम मासको उपाधि दिएर धर्मकर्मको लागि उपयोगी बनाइ शुभकामना भयो ।

अधिकमास परेकाले असोज महिना भरि नित्य कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने भएन । आजबाट राति कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीय रुपमा खुलेको छ। अधिकमासको समाप्ति संगै भोलिबाट नेपालिहरूको घटस्थापना सुरू हुने भएको छ। नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ ।

 

हिन्दू धर्मावलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्दछन्। भोलि घटस्थापना गर्नका लागि शुभ साहित ११:२९ को रहेको छ। नौरथाको पहिलो दिन जगदम्बा भगवती स्वरूपा शैलपुत्रीको पुजा गरिदैछ।

यसरी गर्नुस् पूजा
आश्विन शुक्ल प्रतिपदाको प्रातः कालको शुभमुहूर्तमा घटस्थापना गर्नुपर्छ । यसका लागि एउटा कतारोमा बालुवा लिएर त्यसमा जौ रोप्नुपर्छ । उत्तर कतारोमा जौका साथसाथै गंगाजल राखेर त्यसमा देवी भगवतीको आह्वान गरेर पूजन सम्पन्न गर्नुपर्छ । त्यो जौ दुई दिनपछि अंकुरका रूपमा प्रस्फुटित हुन्छ । त्यही अंकुर नै जमरा हो । जमरा अत्यन्तै पवित्र मानिन्छ ।

https://ujyaalonepalnews.com/?p=32396

Previous articleभिमकाली सहकारी पदमपुरको नवौँ वार्षिक साधारणसभा
Next articleआजदेखि बडादसैँ सुरु, घटस्थापना राखिँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।