राप्ती । दोस्रो सस्करणको बिशाल अवार्ड कार्यक्रम सम्पन्न भएको छ । आइतवार होेटल जुमेरामा भएको कार्यक्रममा १२ वटा विधामा अवार्ड वितरण गरिएको हो । बिशाल न्युज र हाम्रो राप्ती एफ एम को आयोजनामा भएको बिशाल अवार्डमा उत्कृष्ट गायनमा भुमिका गिरी सर्वाेत्कृष्ट गायिका, सर्वाेत्कृष्ट गीतमा रोहित सिं चौधरी, उत्कृष्ट कलाकार एकराज सेढाइ, उदयीमान कलाकारमा रमेश राना मगर र उत्कृष्ट मोडलमा जेसु कोइराला र उत्कृष्ट छायांकन / सम्पादन तर्फ पूजन लामिछानेले अवार्ड प्राप्त गरेका हुन ।


यो संगै राप्ती रत्न अवार्ड २०८० राम बहादुर मगर, नवनारी सम्मान २०८० मिठु कुमारी पाठक, युथ आइकन अफ द इयर शसिल थापा मगर, पव्लिक च्वाइस अवार्ड रोमन पौडेल , युवा उद्यमी अवार्ड २०८० विमला पाठक डल्लाकोटी, बर्ष युवा नेता २०८० काशिराम चालिसेले अवार्ड पाएका हुन ।
अवार्ड पाएसंगै कलाकारहरु खुशि रहेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका एक दर्जन व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो । महिला बालबालिकाको क्षेत्रमा कार्यरत सुनिता सिलवाल, व्यवसायी धन बहादुर मास्के, महिला नेतृ पवित्रा पाठक, राजनितीमा सक्रिय महिला नेतृ अनिता खरेल, राप्ती ज्येष्ठ नागरिक उप समितीका संयोजक फणिन्द्र राज पाठक, पानी बा का नामले परिचित गंगासि घले, वन मान्छेको उपमाले परिचित माधव गिरी, महिला नेतृ निलम पुन, चेपाङ समुदायका कृषि प्राविधिक विजय प्रजा र गणेश माविका प्रधानध्यापक रामकृष्ण प्रजा र राप्ती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेलाइ समुदाय रुपान्तरणको लागी भन्दै सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी राप्ती नगर प्रमुख शमशेर लामाले राज्यले पहिचान गर्न नसकेका व्यक्तित्वलाइ सञ्चार क्षेत्र वाट पहिचान गरी सम्मान गरिएकोमा खुशि व्यक्त गरे । स्थानिय सरकारको साथ र सहयोगमा यस्ता कार्यक्रम हुनु पर्नेमा उनका जोड थियो । राप्ती नगरपालिका वडा न ७ की अध्यक्ष सुमिता डल्लाकोटीले समुदाय रुपान्तरणमा भुमिका खेलेका व्यक्तिको सम्मान हुनु गर्वको कुरा भएको बताइन ।
उनले समुदायको विकास र पहिचानको लागी यस्ता व्यक्तिहरुको स्म्मान हुनु पर्ने बताइन । वडा नं ५ का अध्यक्ष सिताराम वलले विभिन्न सकरात्मक कामको लागी मिडियाले खेल्ने भुमिका निष्पक्ष हुनु पर्नेमा जोड दिए । उनले मिडियाले समुदाय रुपान्तरणमा सहजीकरण गर्ने बताए ।
राप्तीका २ का अध्यक्ष श्याम सुन्दर उप्रेतीले समाचार मात्र लेख्ने होइन, सामाजिक काममा समेत मिडियाले भुमिका खेल्नु पर्ने बताए । उनले व्यक्ति बिशेष समाचारमा बिश्वास नगर्न र लेख्न नहुने भन्दै सामाजिक काममा सहजीकरणको लागी उनले अनुरोध गरे । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाको प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रम एफ एमकी अध्यक्ष सुभद्रा आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
https://ujyaalonepalnews.com/archives/32437


