इटहरीमा काईँला र बिक्रम श्री सम्मानित

इटहरी । बरिष्ठ कवि बैरागी काईँला र कलाकार बिक्रम श्री इटहरीमा सम्मानित भएका छन् । साहित्यक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका स्वर्गीय धरणीधर दाहालको ९३ औं जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति समेत रहेका कवि बैरागी काईँला र बरिष्ठ कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो ।  

साहित्य एवम कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएको भन्दै काँइला र कलाकार श्री लाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले नगद २५ हजार सहित धरणीधर दाहाल स्मृति पुरस्कारबाट सम्मान गरेका थिए ।
सोमबार इटहरी म्याट्रिक्समा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । स्वर्गीय धरणीधर दाहालको स्मृतिमा उनका छोरा ज्ञानेन्द्र दाहालले धरणीधर प्रतिष्ठान स्थापना गरी पुरस्कार कोष मार्फत हरेक वर्ष दुईजना स्रष्टाहरुलाई सम्मान गर्ने गरेको बताए ।  छन । कार्यक्रममा स्वर्गीय दाहालका विषयमा साहित्यकारहरु बम देवान , विष्णु सिटौला लगायतले चर्चा गरेका थिए ।  

The post इटहरीमा काईँला र बिक्रम श्री सम्मानित appeared first on Rajdhani Daily News.

६० किलो सुन तस्करी प्रकरणः थप एकजना पक्राउ

Previous articleकाठमाडौंको होर्डिङ बोर्ड कहिले हट्ला ?
Next articleविपन्न परिवारका लागि बंगुर वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।