अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना

काठमाडौँ- चीनमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी पर्नुभएको छ ।

छातीमा समस्या देखिएपछि गए राति उहाँलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको पनि प्रेस सल्लाहकार गिरिलेे बताउनुभयो ।।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’ भएको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ  बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।

चीनको वेइजिङमा बिआरआई शिखर सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुन उहाँ चीन जानुभएको हो ।।

 

https://ujyaalonepalnews.com/archives/32472

Previous articleगाजाको अस्पतालमा भएको आक्रमणमा कम्तीमा ४ सय ७१ जनाको मृत्यु
Next articleरातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।