पिङ खेल्दा लडेर एक जनाकाे मृत्यु

गाेरखा — पिङ खेल्दा लडेर पालुङटार नगरपालिका -८ कि कल्पना काेइरालाकाे मृत्यु भएकाे छ । साेमबार साँझ पालुङटार-८ मिलनचाेकमा पिङ खेल्ने क्रममा लडेर काेइराला घाइते भएकी थिइन् ।

स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि गाेरखा अस्पताल ल्याउने क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । पिङबाट लडेर उनकाे टाउकाेमा चाेट लागेकाे प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/32568

Previous articleसहारा बनेको छोरो बाकसमा फर्किदा…
Next articleआज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।