आज एकादशी: विहानैदेखि दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँ- आज एकादशी । विजया दशमीको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ ।

नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नजिकै रहेका आफन्तकहाँ हिजै कतिपयले टीका लगाएका छन । कतिपयले आज टाढा रहेका इष्टमित्र र आफन्तकहाँ जान विहानैदेखि यात्र तय गरे गरेका छन ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादसैँ पर्व भव्य रूपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।

https://ujyaalonepalnews.com/archives/32588

Previous articleसौराहामा मनाए विदेशीले पनि दसैँ
Next articleमेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १५ मा छनोट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।