दैलेख–२ बाट चुनावमा उठ्ने विष्णु रिजालको आकांक्षा

काठमाडौँ– एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले दैलेखबाट संघीय चुनाव लड्ने आकांक्षा देखाएका छन्। मंसिरमा हुने निर्वाचनमा रिजालले दैलेख क्षेत्र नम्बर २मा एमालेको तर्फबाट उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका हुन्। नागरिकका समस्या समाधानका लागि आफू विगतदेखि नै जनताको साथमा रहेकाले जनताकै प्रतिनिधि भएर यहाँका नागरिकको आवाज सिंहदरबारसम्म पुर्‍याउन सक्षम रहेको उनले बताए।

‘९ कक्षा पढ्दादेखि नै एमालेभित्र विद्यार्थी राजनीति गर्दै हालसम्म पार्टीको झोला बिसाएको छैन, दैलेखको भूगोल बुझेको छु, यहाँका जनताका समस्या बुझेको छु, यहाँका नेतासँगको सहकार्यमा छु, यहाँका जनताको जनप्रतिनिधि भएर जे गर्नुपर्छ म सक्षम छु, जनआवाज सिंहदरबारसम्म पुर्‍याउन जे जस्तो व्यक्ति चाहिन्छ म योग्य छु’, रिजालले भने।

उनले पार्टीले विश्वास गरी संघीय सांसदका लागि टिकट दिएको खण्डमा दैलेख २ बाट सहजै निर्वाचित हुने विश्वास व्यक्त गरे। जिल्लाका एघार वटा स्थानीय तहमध्ये क्षेत्र नम्बर एकमा ६ र दुईमा पाँच वटा स्थानीय तह पर्छन्। नारायण नगरपालिका,गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतिमाई गाउँपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिका छन्।

यस्तै क्षेत्र नम्बर दुईमा दुल्लु नगरपालिका,भैरवी गाउँपालिका, चामुण्डा विद्रासैनी नगरपालिका, ठाटिकाध गाउँपालिका र आठविस नगरपालिका छन्। क्षेत्र नम्बर एकमा कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, पूर्व जिल्ला सभापति कृष्णकुमार विसी, पूर्व राज्यमन्त्री बनेका कांग्रेस नेता गणेशबहादुर खड्का, मीना थापालगायत आकांक्षी छन्। यस्तै, नेकपा एकीकृत समाजवादीबाट अमरबहादुर थापा र माओवादीका कर्णबहादुर बस्नेतको चर्चा छ। एमालेबाट रवीन्द्र शर्मा आकांक्षी छन्।

https://ujyaalonepalnews.com/archives/23976

Previous articleसंगै सुतेका श्रीमानले अर्कै महिला संग फोनमा बोलेको भेटेपछि श्रीमतीले गरिन् घनले हानेर ह’त्या
Next article‘कुकुर कामी’ हटाएर कविरामले पाए नागरिकताको प्रतिलिपि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।