कतारका अमिर थानी नेपाल आउने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।

कात्तिक २० गते कतारी अमिर शेख पहिलोपटक नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई दिने भ्रमणका क्रममा अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । उनले अन्य उच्चस्तरीय भेटवार्ताको समेत तयारी छ ।

कतारी अमिरको भ्रमणका अवसरमा केही महत्त्वपूर्ण विषयमा सम्झौताको गृहकार्य गर्ने भनिए पनि विषय खुलाइएको छैन ।

https://ujyaalonepalnews.com/archives/32602

Previous articleहेलिकप्टर दुर्घटनामा परि घाइते भएका मनाङ एअरका पाइलट सेढाईँको उपचारका क्रममा निधन
Next articleसुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।