मिथिला परिक्रमा कञ्चनवनमा, यस्तो छ उल्लास

0
50

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आइतबार कञ्चनवन आइपुगेको छ।

शनिबार महोत्तरीको ध्रुवकुण्डमा बासबसेका परिक्रमा यात्री आइतबार दिउँसो महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुगेका हुन्।

कञ्चनवन आएका परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाबासीले भव्य स्वागत गरेका छन्। भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले परिक्रमा सहभागी साधुशन्तलाई फूलमाला र अबिर लगाइ स्वागत गरेका छन्।

अहिले परिक्रमामा सहभागीहरु एक–अर्कालाई रङ दलेर होली खेल्दै नाचगान गर्दै रमाइलो गरीरहेका छन्। कञ्चनवनमा त्रेतायुगमा भगवान राम सीताले होली खेलेको धार्मिक विश्वास छ। सोही अनुसार यहाँ मिथिला परिक्रमा आइपुगेपछि होली खेल्ने परम्परा छ। यहाँ होली खेलेपछि मिथिलाञ्चल लगायत तराई मधेशमा विधिवत होली पर्व सुरुवात हुने गर्दछ।

आज परिक्रमा यात्री कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचामा बाँस बस्छन्। यो परिक्रमाको आठौँ पडाव स्थल हो।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट धनुषाको कचुरी स्थित मिथिलाविहारी मन्दिरबाट सुरु हुने महाकुम्भ परिक्रमा १५ दिनमा जनकपुरधाम पुगेर अन्तरगृह परिक्रमा गरी फागु पूर्णिमाको दिन सम्पन्न हुनेछ ।

तनहुँमा उत्पादित कागतीले बजार पाएन

Previous articleगोकुल बास्कोटा प्रकरण : अनुशन्धान ढिलाइ भएको भन्दै सभापति देउवाको आक्रोश
Next articleखेल्न गएका बालककाे बिजुली पोलमा किचिएर मृत्यु