काभ्रेमा एमालेका नेता कार्यकर्ता चढेको बोलेरो दुर्घटना, ७ जना घाइते

काभ्रे-  दसैँको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन गरी खानिखोला गाउँपालिकाबाट बनेपातर्फ फर्कँदै गरेको बा १४ च ७०७७ नम्वरको बोलेरो पल्टँदा एमाले नेताहरु घाइते भएका छन ।

बेथान्चोक गाउँपालिका वडा नम्वर १ गुवाभन्ज्याङ्ग नजिकै निगाले भन्ने स्थानको उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको घाइते संविधान सभा सदस्य रामहरी सुवेदीले जानकारी दिनुभयो ।

गाडीमा एमाले नेताहरु पुर्व सांसद नविना लामा, एमाले बागमती प्रदेश कमिटी उप सचिव भक्तकुमारी लामा लगायतका नेताहरु थिए ।

घाइते संविधान सभा सदस्य रामहरी सुवेदीका अनुसार बोलेरोमा १७ जना थिए ।

७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।

स्थानीय र  प्रहरी तथा जनप्रतिनिधिहरुले घाइतेहरुलाई अस्पताल पठाउन सहयोग गरेका थिए ।

घाइतेहरुलाई बनेपा र धुलिखेल ल्याइएको हाम्रा काभ्रे संवाददाता देवराज केसीले जनाएका छन ।।

https://ujyaalonepalnews.com/archives/32646

Previous articleनेपाल पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवः विश्वभरका आरोही नेपाल आउँदै
Next articleविद्युत महसुल नतिर्ने ‘टप टेन’ ग्राहकको लाइन काटियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।