त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

२०६५ सालमा डा। बाबुराम भट्टराई अर्थमन्त्री हुँदाको समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि शप बन्द छ । मन्त्रालयले विमानस्थलमा ११ वर्षपछि पुनःड्युटी फ्रि शप सञ्चालनको तयारी गरेको हो । यो समाचार आजको आर्थिक अभियानमा छ ।

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने
Previous articleआज वि.सं. २०७६ कार्तिक १९ गते मङ्गलबार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
Next articleखुसुक्क चेक गर्छन श्रीमान् ले श्रीमतीको मोबाईल, खासमा किन गर्छन श्रीमान् ले यस्तो ??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।