वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं- वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

https://ujyaalonepalnews.com/archives/19875

Previous articleस्थानीय तह निर्वाचन : वयस्क उम्मेवारको सङ्ख्या बढी
Next articleविश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।