निआमी, नाइजर । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समय सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।” भागदौडमा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ ।
साभार : रासस
The post नाइजरमा खाद्यान्न वितरणका समय भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु appeared first on Rajdhani Daily News.