टी-२० विश्वकप छनोट : फाइनलमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ- टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले अर्धशतक प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए ।

झाले कप्तान रोहितकुमार पौडेलसँग ७८ रनको साझेदारी गरे ।।

https://ujyaalonepalnews.com/archives/32947

Previous articleजुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु
Next articleगण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा सडकले जोडियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।