कोशी प्रदेशमा अध्यादेश बजेट स्वीकृत

मोरङ- सोमवार बसेको कोशी प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठकले दोश्रो पटक अध्यादेशबाट ल्याइएको आर्थिक वर्ष०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउने गरी र्सवसम्मतले स्वीकृत गरेकेा छ ।

प्रदेश सभा बैठकले आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० स्वीकृत भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत जेठ ३२ गते तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वका सरकारले विश्वासको मत पाउन नसकेपछि संवैधानिक प्रावधानलाई कायम राख्न अध्यादेशबाट बजेट ल्याएकोमा पारित नभएपछि प्रदेशमा बजेट होलीडे भएको थियो ।

त्यसपछि पुनः मुख्यमन्त्री भएपछि हिक्मत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मंसिर १६ गते भित्र सो बजेट अध्यादेश पारित गर्नुपर्ने अवस्था रहेकेा थियो । मुख्यमन्त्री केदार कार्कीको तर्फाट विना विभागिय मन्त्री गणेश उप्रेतीले अध्यादेश बजेट पारितका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

करिब ३६ अरब २४ करोड ३५ लाख रुपैया बराबरको अध्यादेशबाट ल्याईएको बजेट स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेकेा छ ।

यसैगरी सोमवार बसेको प्रदेश सभा बैठकमा विना विभागिय मन्त्री शमशेर र्राईले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेकेा विधेयक पेश गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32977

Previous articleभूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय
Next articleविद्यालयमा प्रधानाध्यापकको मृत्यु प्रकरण : मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।