माधवपुरमा कौडा खेलिरहेका १३ जना पक्राउ

उज्यालो नेपाल,कात्तिक २१- पूर्वी चितवनको रत्ननगर १५ माधवपुरमा कौडा खेलिरहेको अवस्थामा ८० हजार ५०० रुपैयाँसहित १३ जना व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काको टोलीले सोमबार राती १०ः४५ बजे रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित सुदिप गुरुङको बंगुरको खोरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–११ का दुई जना, रत्ननगर–१५ का सात जना, रत्ननगर–२ का एक जना, कालिका नगरपालिका–८ का दुई जना र कालिका–६ का एक जना रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/32989

Previous articleराष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै
Next articleचितवनमा सयपत्री र मखमली फूलको मूल्य तोकियो: एक लाख माला अपुग हुने अनुमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।