टिकटक लाईभमा अपाच्य हर्कत गर्ने शान्ती बराललाई माओवादीले गर्‍यो कारबाही

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/32997

Previous articleचितवनमा ५ दिने ‘समाचार लेखन तथा सम्पादन कार्यशाला’ सम्पन्न
Next articleबाजुरामा भूकम्पको धक्का
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।