
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा भाेली शनिबार देखि तिहार लक्षित पुष्प मेला आयाेजना गरिएकाे छ । रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघकाे सयुक्त आयाेजनामा मेला आयाेजना गरिएकाे छ ।
साैराहाचाेक र टाँडीचाेककाे बीचमा रहेकाे मिनी बसपार्कमा मेला २८ गते सम्म चल्ने छ । आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी मेला व्यवस्थापन र उद्देश्यकाे बारेमा जानकारी गराएकाे छ ।
बजारमा प्लाष्टिक जन्य बस्तुहरु विक्री वितरणमा प्रतिबद्ध लगाएकाे नगरपालिकाले स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि पुष्प मेला आयाेजना गरकाे हाे ।
मेलामा नगर भित्रका किसानले उत्पादन गरेकाे सयपत्री फुलकाे माला र महिला उद्यमीले उत्पादन गरेका भाईटीकाका सामाग्री विक्रीका लागि राखिने मेला व्यवस्थापन समितिका संयाेजक साेहेन्द्रराज खरेलले जानकारी दिए ।
उद्यमीलाई निशुल्क र व्यवसायीलाई प्रतिस्टल ५०० रूपैया शुल्क ताेकिएकाे छ । मेलामा ३० वटा स्टल राखिएकाे छ । संघका अध्यक्ष शंकर गिरील स्थानीय उत्पादनकाे बजारिकरणकाे लागि मेला आयाेजना गरिएकाे बताए ।

मेलामा फूलकाे माला सहित भाइटीकाका सामाग्री र कपडा पसल रहने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा कार्यबहाक मेयर पाेटबहादुर घिमिरे, बजार व्यवस्थापन समितिका संयाेजक तथा वडा नं २ का वडाध्यक्ष राजन घिमिरे, वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडा, कार्यालिका सदस्य राजेन्द्र हमाल लगायतकाे सहभागिता रहेकाे छ । रत्ननगरले फूलकाे मालाकाे मुल्य निर्धारण समेत गरेकाे छ ।
https://www.ujyaalonepalnews.com/archives/33077
