यमपञ्चकको पहिलो दिन आज काग तिहार

काठमाडौं- यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइँदैछ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।

काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।

वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस भनेर कामना गरिन्छ ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति रहीआएको छ ।

https://ujyaalonepalnews.com/archives/33094

Previous articleमुगु हत्या प्रकरणः सुन लुट्ने मनसायले आफन्तबाटै सामूहिक हत्या
Next articleबिदा सुरु भएसँगै बढ्यो तिहार मनाउन घर जानेहरुको चहलपहल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।