बिदा सुरु भएसँगै बढ्यो तिहार मनाउन घर जानेहरुको चहलपहल

काठमाडौं- तिहार मनाउन घर जानेहरुको आज बिहानैदेखि चहलपहल बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा आज बिहानैदेखि जन्मथलो फर्कनेहरुको भिडभाड थियो ।

धेरैजसो शिक्षण संस्थाहरु दसैँदेखि तिहार सम्म नै बन्द भएकाले दसैँअघि घर गएका विद्यार्थीहरु अझैं काठमाण्डौ फर्केकै छैनन् । तर विभिन्न कामको सिलसिलामा राजधानीमा बस्दै आएकाहरु तिहार मनाउन घर जाने भएपछि एकाबिहानैदेखि चहलपहल बढेको हो ।

यात्रुहरु घर जान निस्किएपछि उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरु पनि तुलनात्मक रुपले आज बिहान बढी चलेका देखिन्थे । हिजो साँझदेखि नै घर जानेहरुको संख्या बढेको थियो । आज शनिबार र भोलिदेखि तिहारको बिदा परेको छ ।

यसैगरी आगामी शुक्रबार एकदिन बाहेक मंसिर २ गते सम्म सार्वजनिक बिदा परेको छ । मंसिर ३ गतेदेखि मात्र नियमित रुपमा कार्यालयहरु खुल्ने भएपछि यसपटक घर जानेहरुलाई पनि लामो छुट्टी मिलेको छ ।

https://ujyaalonepalnews.com/archives/33095

Previous articleयमपञ्चकको पहिलो दिन आज काग तिहार
Next articleराहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।