Home Uncategorized अंक कम ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालियो

अंक कम ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालियो

परीक्षामा कम नम्बर ल्याएका ३४ विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाउने काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षकालाई विद्यालयबाट निष्काशन गरिएको छ।

जागृति एकेडेमी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यले कक्षा ६ का ३४ विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हात चिर्न लगाएकी थिइन्।

विद्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक शिक्षिका कर्माचार्यले शारीरिक दण्ड दिएको विद्यार्थी तथा अभिभावकबाट गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिले शुक्रबारबाट लागू हुनेगरी शिक्षक पदबाट अवकास दिने निर्णय गरिएको जनाएको छ।

परीक्षामै कम नम्बर ल्याउने विद्यार्थीको हात चिर्ने धम्की दिएकी उनले २० पूर्णांकमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीलाई शिक्षिका कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन्। क्लास टेस्टमा कम नम्बर ल्याउने विद्यार्थीैलाई उनले बिहीबार हात चिर्न लगाएकी थिइन्।

विद्यालयका प्राध्यानाध्यक राजनकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी दिनमा यस्ता खाले क्रियाकलापलाई निरुत्साहित पार्दै शिक्षक–शिक्षिकाबाट दण्डरहित शिक्षणको व्यवस्था गर्ने जनाइएको छ।

शिक्षिकाले नै विद्यार्थीलाई हात काट्न लगाएको भन्दै त्यसको चौतर्फी विरोध सुरु भएको छ।

ओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध

Previous articleनेपालमा कोरोना: ४३७ को परीक्षण, ५ जनाको रिपोर्ट आउन बाँकी
Next articleटेलिकमले डाटा सेवा प्रभावकारी बनायो, के छ नयाँ सुविधा ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।