छठी माताको पूजा आराधनामा राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल  काठमाडौं कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ।

पूजा स्थलमा राष्ट्रपति पौडेल र उहाँकी पत्नी सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभयो। त्यसअघि राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नु भयो ।

यस्तै राष्ट्रपति पौडेल गुहेश्वरी छठ घाट समेत पुग्नु भयो । गुहेश्वरी  पुग्नुहुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती,  प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका  पदाधिकारीले स्वागत गर्नुभएको थियो।

 

https://ujyaalonepalnews.com/archives/33231

Previous articleभूकम्पप्रभावित जिल्लामा टेलिकमको नमुना सेवा
Next articleइमान्दार ‘गुरुजी’: जसले बुझाए ट्याक्सीमा छुटेका सुन चाँदीका गहना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।