Home Uncategorized टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले रिट निवेदकको माग अनुसार टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिनअस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग मंसिर १५ गते भित्र लिखित जवाफ पठाउन आदेश गरेको छ ।मंसिर १९ गते पूर्ण सुनुवाईका लागि पेशी तोकिएको छ ।

टिक टक बन्द गर्ने सरकारको उक्त  निर्णय विरुद्ध अदालतमा १० भन्दा बढी रिट परेको थियो ।२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

 

 

https://ujyaalonepalnews.com/archives/33285

Previous articleशिक्षा प्रणाली,पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक : प्रधानमन्त्री
Next articleसर्वोच्च र उच्च अदालतका लागि १२ न्यायाधीश सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।