राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

सो अवसरमा उहाँहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।।

https://ujyaalonepalnews.com/archives/33308

Previous articleनिर्वाचनको मिति ‘बार’ नै तोक्न आयोगको प्रस्ताव
Next articleशान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।