चितवनमा हातखुट्टा बाधेर बोरामा होलेर फालेको अवस्थामा दुईजनाको शव फेला

चितवन ,६ मंसिर । चितवनको भरतपुरमा दुईजनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलन चोक नजिकको घोलमा एक पुरुष र एक महिला गरि दुईजनाको शव फेला परेको हो ।

जुटको बोराभित्र हातखुट्टा बाधेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजै बिहान मात्र चितवनको खैरहनीमा एक पुरुषको शव फेला परेको थियो ।

 

https://ujyaalonepalnews.com/archives/33312

Previous articleनागरिकको असन्तुष्टि समाधान गर्नेतर्फ लाग्नुपर्ने महामन्त्री थापाको भनाइ
Next articleलोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध दिग्भ्रमित पार्ने प्रयास भएको छ: एमाले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।