लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध दिग्भ्रमित पार्ने प्रयास भएको छ: एमाले

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालले नेपाली समाजलाई विभिन्न ढङ्गले विभाजित गर्ने र लोकतान्त्रिक गणतन्त्र र नेपालको स‌ंविधान विरुद्ध समाजलाई दिग्भ्रमित पार्ने प्रयासहरु भइरहेको बताएको छ ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले समसामयिक प्रस्ताव पारित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउने गतिविधिहरु भइरहेको निश्कर्ष निकालेको हो ।

बैठकले समाजमा अराजकता बढ्दै गएको र समाजलाई विभिन्न ढङ्गले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउने श्रृंखलाबद्ध प्रयासहरू भइरहेको भन्दै त्यस्ता गतिविधितर्फ गंभिर बन्न सरकारको ध्यनाकर्षण गराएको छ ।

”जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका विरूद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरूद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदुषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने जस्ता अराजक गतिविधिहरू बढिरहेका छन् । यसबीचमा कतिपय ठाउँमा धार्मिक दङ्गाहरू समेत गराइएका छन् । एमालेले लोकतान्त्रिक गणतन्त्रका विरूद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प रहेको छ । बैठकबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।

 

https://ujyaalonepalnews.com/archives/33315

Previous articleचितवनमा हातखुट्टा बाधेर बोरामा होलेर फालेको अवस्थामा दुईजनाको शव फेला
Next articleराष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम,कसरी निर्धारण हुन्छ मतभार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।