राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम,कसरी निर्धारण हुन्छ मतभार

0
54

काठमाडौ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार कायम गरेको छ ।

२०७८ को जनगणना अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगले जनाएको छ ।

नयाँ निर्धारण गरिएको मतभार अनुसार अब प्रदेशसभा सदस्यको मतभार ५३  र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र  नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको छ ।

यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

कसरी  हुन्छ मतभारको निर्धारण ? 

राष्ट्र सभा सदस्य निर्वाचन ऐन २०७५ ले पछिल्लो राष्ट्रिय जनगणनाको जनसंख्याको आधारमा मतभार निर्धारण गर्ने व्यवस्था गरेको  छ । जस अनुसार प्रदेश सभा सदस्यको मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाको कुल जनसंख्यालाई हजारले गुणा गरी कुल प्रदेश सभा सदस्य संख्याले भाग गरिन्छ । त्यसरी भाग गरेर आउने भागफल नै प्रदेश सभा सदस्यको मतभार कायम हुन्छ ।

त्यसै गरी गाँउपालिका अध्यक्ष,उपाध्यक्ष र नगरपालिका प्रमुख उपप्रमुखको मतभार पनि पछिल्लो कुल जनसंख्यालाई एक हजारले गुणागरी कुल कायम स्थानीय तहका अध्यक्ष उपाध्यक्ष/प्रमुख उपप्रमुखको संख्याले भाग गरिन्छ ।

 

 

https://www.ujyaalonepalnews.com/archives/33318

Previous articleयुएन हाउस र मन्त्री निवास वरपर निषेधाज्ञा
Next articleस्वास्थ्य उपकरण र जनशक्तिको व्यवस्थापनका लागि बजेट अभाव हुँदैन: स्वास्थ्यमन्त्री बस्नेत