कक्षा १० मा अध्ययनरत १७ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा भेटियो

धनुषाका एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ।

धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका १७ का १७ वर्षीय युवक विवेककुमार महतो आफ्नै बगैंचामा आँपको रुखमा झुण्डिएको अवस्था फेला परेको हो।

ढल्केबारमा पत्रिका वितरणको काम गर्दै आएका महतो मंगलबार बिहान साढे ८ बजे मृत फेला परेको प्रहरीले जनाएको छ।

सोमबार राति ८ बजे उनी घरबाट बेपता भएको र मंगलबार बिहान साढे ८ बजे घरभन्दा करिब ५ सय मिटर पूर्व आफ्नै आँपको बगैंचामा झुण्डिको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए। उनले हत्या भएको हो वा आत्महत्या भन्ने बारेमा अनुसन्धान भइरहेको निरीक्षक कार्कीले बताए।

महतो स्थानीय महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत थिए।

‘टिकटक चलेको भए खबर गरौँ’

Previous articleवुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य
Next articleलिग विजेता मछिन्द्रलाई एसियाली फुटबल महासंघको बधाई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।