लिग विजेता मछिन्द्रलाई एसियाली फुटबल महासंघको बधाई

एसियाली फुटबल महासंघ (एएफसी)ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई बधाई दिएको छ।
 
मछिन्द्रले गत शनिबार त्रिभुवन आर्मी क्लवलाई १–० लाई पराजित गर्दै पहिलो पटक लिग उपाधि उचालेको थियो। एफसीका महासचिव डाटो विन्डसर जोनले मगंलबार अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै बधाई दिएका हुन्।

 
एएफसीले मछिन्द्रलाई आउने वर्षहरुका लागि शुभकामना दिदै २०२१ मा हुने एएफसी क्लब प्रतिस्पर्धामा स्वागत गरेको छ। तर, त्यसका लागि क्लब लाइसनिङको न्यूनतम शर्त भने पुरा गर्नुपर्ने उल्लेख गरेको छ।
 
एएफसीले सफलतापूर्वक लिग आयोजना गरेमा एन्फालाई पनि बधाई दिएको छ। एसियामा क्लब फुटबलका लागि योगदान गरेको भन्दै एएफसीले एन्फालाई धन्यवाद पनि दिएको हो। एएफसीले लिगका आयोजक, सहभागी क्लब र सम्बन्धित सबैलाई एएफसीले धन्यवाद दिएको छ।

कोरोनाकाे सम्भावित जाेखिम राेक्न यसपाली हाेली नमनाउन आग्रह

Previous articleकक्षा १० मा अध्ययनरत १७ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा भेटियो
Next articleलरेस अवार्ड जित्ने पहिलो फुटबलर बने मेस्सी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।