चीनबाट ल्याइएका नेपालीको नमूना परीक्षण रिपोर्ट अन्तिम चरणमा

चीनको हुपेई प्रान्तबाट ल्याइएका सबै नेपालीहरुको स्वास्थ्य रिपोर्ट चेकजाँच अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको चिकित्सकिय टोलीले आइतबार बिहान वुहानबाट ल्याएका १ सय ७० जना नेपालीको र्‍याल र नाकको स्वावको नमूना लिइएको थियो।

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सबै नेपालीहरुको त्यसै दिन चार समूहमा छुट्टाइएर र्याल र नाकको स्वावको नमूना लिइएको थियो।

‘हामीले नमूना लिएकामध्ये सबैको परिक्षण लगभग सकिसकेका छौं,’ जनस्वास्थ्य प्रयोगशालामा नमूना परीक्षण गरिरहेका एक अधिकृतले भने, ‘सरकारले नै भोलि(बुधबार) सार्वजनिक गर्ने भनेकाले नतिजाका लागि कुर्नुपर्नेछ।’

सरकारले यसअघि बुधबारसम्म नतिजा आइसक्ने जनाएको थियो। वुहानबाट ल्याइएका नेपालीहरुलाई हाल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप १४ दिन खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

आइतबार बिहान क्वारेन्टाइनमा पुगे लगत्तै उनीहरुको र्‍यालको नमूना लिइएको थियो। नमूनामा कोरोना संक्रमण देखिए उनीहरुलाई अस्पताल लगेर उपचार गरिनेछ। १४ दिनसम्म कुनै लक्षण नदेखिएमा उनीहरुलाई घर फर्काइनेछ।

कोरोना त्रासका कारण नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

Previous articleजब इजरायली सैनिकहरुलाई युवतीका तस्बिर पठाएर लोभ्याइयो…
Next articleमेयरको विषयमा फेसबुकमा टिप्पणी गरेको भन्दै युवक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।