मेयरको विषयमा फेसबुकमा टिप्पणी गरेको भन्दै युवक पक्राउ

बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवबारे टिप्पणी गर्दै फेसबुकमा पोस्ट गरेको भन्दै एक युवकलाई पक्राउ गरिएको छ।

महागढीमाई नगरपालिका १ का स्थानीय युवक दिपेन्द्र कुशावाहालाई प्रहरीले पक्राउ गरेको हो।

मेयर उपेन्द्र यादवले जिल्ला प्रहरी कार्यालय बारामा दिएको उजुरीको आधारमा २७ वर्षीय दिपेन्द्रलाई सोमबार पक्राउ गरेको बाराका प्रहरी निरीक्षक कृष्ण पङ्गेनीले बताए।

उनका अनुसार साइबरअपराध मुद्दा चलाउन काठमाडौं जानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बारामै पक्राउ परेका दिपेन्द्रविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने छ। 

सोमबार नै महागढीमाई नगरपालिका २ बरियारपुरमा नाला निरीक्षणको क्रममा मेयरको प्रतिक्रियाको स्थानीय मुकेश कुशवाहाले भिडियो खिच्न खोज्दा उनका बुबा हरेन्द्र महतोलाई मेयर यादवले नगरपालिकामा समातेर ल्याउन लगाई गाली तथा कुटपिट गरी आधा घण्टा शौचालयमा थुनेका थिए ।

गोरखामा पक्राउ परे ८ चिनियाँ, छानबिन गर्दै अध्यागमन विभाग

Previous articleचीनबाट ल्याइएका नेपालीको नमूना परीक्षण रिपोर्ट अन्तिम चरणमा
Next articleच्याम्पियन्स लिग प्रि–क्वाटरफाइनलका खेलहरु सुरु, मंगलबार दुई रोमाञ्चक खेल हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।