रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

0
92

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो ।

रत्ननगरले इच्छाकामनालाई १–० गोल अन्तरले पराजित गरेको हो । रत्ननगरले गत बर्ष आयोजित मेयर कपको उपाधि जित्न सफल भएको थियो । रत्ननगरलाई जिताउन अभिषेक महतोले निर्णायक गोल गरेका थिए ।

उनी म्यान अफ दी म्याच घोषित भएका छन् । खेलकुद विकास समितिका संयोजक कृष्ण महतो र नगर प्रबक्ता कुलप्रसाद सापकोटाले उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

विहीबार भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच फाइन प्रवेशका लागि खेल हुने आयोजकले जनाएको छ ।

Previous articleब्लड क्यान्सबाट पीडित १४ वर्षिय बालकद्धारा सहयोगको अपिल
Next articleकालिका- १० श्री आधारभूत विद्यालय लोतन्तीका विद्यार्थीलाई पोशाक वितरण