रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगर । चितवनकाे रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ ।

वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे छ ।

आयाेजकले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे छ ।

प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे र भाेली बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्ने समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

प्रतियाेगिताका संयाेजक भीमराज वाइवा खेलकाे माध्यमबाट माधवपुरलाई राष्ट्रिय स्तरमा परिचित गराउन प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।

प्रतियाेगिताका राष्ट्रिय स्तरका टिमकाे सहभागिता रहेकाे छ । सेन्ट्रल कलेजले प्रायाेजन गरेकाे साे प्रतियाेगिता प्रथम पुरस्कार १ लाख ११ हजार १११, द्धितिय पुरस्कार ५५ हजार ५५५ र उत्कृष्ट खेलाडी, गाेल किप्पर, सर्वाधिक गाेलकर्तालाई पुरस्कृत गरिने संयाेजक वाइवाले जानकारी दिए ।

प्रतियाेगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकाे छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष आशिक तामाङले विकासकाे सुचक मध्येकाे खेलकुद रहेकाले वडा कार्यालयले यसलाई प्राथमिकतामा राखेकाे बताए ।

माधवपुरमा जग्गा भाडामा लिएर खेलमैदान तयार गरिएकाे भन्दै उनले वडा भित्रका युवाहरुलाई खेलकुदसंग जाेडेर कुलतकाे जाेखिमबाट मुक्त गर्ने दीर्घकालिन याेजना रहेकाे बताए ।

पत्रकार सम्मेलनमा वडा सदस्य इमप्रसाद पन्त सहित खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

Previous articleआफै चढेको बसले ठक्कर दिँदा चितवनमा एक तीर्थयात्रीको मृत्यु
Next articleचितवनमा सामुदायिक वनका उपभोक्तालाई पानीमैत्री कृषि प्रविधि प्रयोग सम्बन्धी अभिमुखीकरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।