उदयपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ

उदयपुर । मदन भण्डारी स्मुति लोकमार्ग अन्तर्गत उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारबाट लागूऔषधसहित ३ युवा पक्राउ परेका छन् ।

सोमबार राति विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले सुनसरीका १ सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–९ रामपुर बजारका ३५ वर्षीय आकाश तिम्सिना, बेलका नगरपालिका–१ आम्बासीका ३२ वर्षीय विकास बस्नेत र सुनसरीको धरान उपमहानगरपालिका– १३ का ३८ वर्षीय प्रणय निरौला रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लागूऔषध किन बेच भै रहेको भन्ने खबर पाएर खटेको प्रहरी टोलीले तिम्सिनाको घर खानतलासी लिँदा लुकाई छिपाई राखेको अवस्थामा डाईजेल्याप ३ एम्पुल (थान), लीगेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्राभेट ११ ट्याब्लेट, स्पानमोप्रोक्सीवोन प्लस ५९ ट्याब्लेट, डाईलेक्स डिसी हन्ड्रेड २ बोतल र गाँजा ३ सय ग्राम फेला परेको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए अनुसार तिम्सिनाको घरबाट लागू औषधसँगै १५ हजार ५ रुपैंया नगद, मिनी ल्यापटप १ थान र बा १९ च ८४७४ नं. को कार समेत बरामद भएको छ । उनीहरुलाई इप्रका रामपुरकै हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन् ।

उदयपुर प्रहरी पछिल्लो केही वर्ष यता लागु औषध ओसार पसार तथा सेवनमा कडाई गरेको छ । जसले गर्दा मुख्या नाराहरुमा कडाई गरेपछि पछिल्लो समय मदन भण्डारी स्मृति लोकमार्गको प्रयोग गरि सिधै सप्तकोशीको माध्यमबाट भारतको बिरपुर तथा धरानबाट लागु औषध भित्रिने गरेको जानकारहरु बताउँछन् ।

The post उदयपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ appeared first on Rajdhani Daily News.

कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता

Previous articleमहरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा
Next article‘एपेक्स उद्यमशीलता बिकास कार्यक्रम’को छैटौँ संस्करण सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।