महरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा

0
79

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ ।

तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उनी निलम्बित भएका थिए ।

The post महरा थुनामुक्त भएकोबारे संसदलाई जानकारी, निलम्बन फुकुवा appeared first on Rajdhani Daily News.

को हुन त ज्वा’ला का प्रेमी? भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक

Previous articleक्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग
Next articleगौरादह उद्योग वाणिज्य संघको अध्यक्षमा जितबहादुर