फ्लाई दुवईको उडान बाट काठमाडौं झरेका चन्द्र घलेको शरीरमा १४ किलो सुन

काठमाडौँ, मङ्सिर २२ गते । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हो ।

घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । शरीरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।

Previous articleपूर्वप्रेमिकाको अश्लिल फोटो भिडियो श्रीमानलाई पठाईदिने चितवनका युवा पक्राउ
Next articleमाडीले जित्यो दोस्रो रत्ननगर मेयर कपको उपाधि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।