पूर्वप्रेमिकाको अश्लिल फोटो भिडियो श्रीमानलाई पठाईदिने चितवनका युवा पक्राउ

Click Image

काठमाडौं । सामाजिक सञ्जालमार्फत पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा चितवनका एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका – १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् ।

प्रहरीका अनुसार पीडित महिला र युवकबीच एक वर्षअघि भेट भएको थियो । त्यही क्रममा उनीहरूबीच सामान्य भेटघाट तथा तस्वीर र भिडिओ आदानप्रदान भएको थियो । त्यसको केही समयपछि ती महिलाको बिहे अर्कै पुरुषसँग भयो ।

त्यसपछि महतोले महिलाको फोटो तथा भिडिओ सम्पादन गरेर अश्लील बनाई उनका श्रीमानलाई पठाइदिए । यसरी वैवाहिक जीवनमै आँच आउने र चरित्रहत्या गरेको भन्दै युवतीले उजुरी दिइन् ।

त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।

Previous articleछोराको मृत्यु भएपछि सासूले गरिदिइन् बुहारीको विवाह
Next articleफ्लाई दुवईको उडान बाट काठमाडौं झरेका चन्द्र घलेको शरीरमा १४ किलो सुन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।